२०७९ असार १२ आईतवार

फेरि लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रो लको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ ।

त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

यो पनि,,धरान उपमहानगरको मेयरमा भारी मतान्तरका साथ हर्क साम्पाङ विजयीसुनसरी जिल्लाको धरान उपमहानगरपा लिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् ।

निकटतम् प्रतिद्व`न्द्धी नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै हर्क साम्पाङ निर्वाचित भएका हुन् ।

हर्क साम्पाङले २० हजार ८ सय २१ मतका साथ विजय भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्रप्त गरेका छन् । उनी नेपाली काँग्रेस पूर्व धरान नगरसभा पतिसमेत हुन् ।

त्यस्तै मेयरकै अर्की उम्मेदवार नेकपा (एमाले)की मञ्जु भण्डारी सुवेदीले १२ हजार ८ सय २५ मत प्राप्त गरेकी छन् । उनी धरान उपमहानगरकी निवर्तमान उपप्रमुख रहेकी छन् ।

यसका साथै धरानको उपमेयरमा भने गठबन्धनका उमेदवार आइन्द्र विक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५१० मत ल्याउँदा उनका प्रति`स्प`र्धी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । न्युज२४ बाट

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 310 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?